अस्कर अवार्डमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले रच्यो इतिहास


काठमाडौं, माघ २७ : अस्कर अवार्ड २०२० मा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले इतिहास बनाएको छ। पहिलो पटक अंग्रेजी भाषाभन्दा बाहिरको फिल्मले उत्कृष्ट फिल्मको अवाड जितेको छ।

सोमबार बिहान हलिउडको डल्बी थिएटरमा आयोजित ९२औं एकेडेमी अवार्डमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको हो। ‘प्यारासाइट’ले ‘फोर्ड भर्सेज फेरारी’, ‘द आईरिसम्यान,’ ‘जोजो र्याबिट’, ‘जोकर’, ‘लिटिल ओमेन’, ‘म्यारिज स्टोरी’, ‘१९१७’ र  ‘वान्स अपन अ टाइम इन हलिउड’लाई उछिन्दै उत्कृष्ट फिल्म बनेको हो।

बोङ जून हो।

बोङ जून हो।

त्यस्तै, बेस्ट डाइरेक्टरको अवार्ड ‘प्यारासाइट’का लागि बोङ जून होले पाएका छन्। यसमा ‘द आईरिसम्यान’का निर्देशक मार्टिन स्कोरसेस, जोकर’का निर्देशक टड फिलिप्स, ‘१९१७’का निर्देशक सान मेन्डिस र ‘वान्स अपन अ टाइम इन हलिउड’ निर्देशक क्वन्टिन टरान्टिनो प्रतिस्पर्धामा थिए।

लाउरा डेर्न।

लाउरा डेर्न।

त्यस्तै, बेस्ट अभिनेत्रीको अवार्ड ‘जुडी’ फिल्मका लागि अभिनेत्री रेनी जेलवेगरले पाएकी छन्। उनले सिन्टिया इरिभो, स्कारलेट जेहनसन, साइर्से रोनन र चार्लिज थेरोनलाई उछिन्दै अवार्ड पाएकी हुन्।

 ब्राड पिट।

 ब्राड पिट।

बेस्ट अभिनेताको अवार्ड ‘जोकर’का लागि अभिनेता जोकिन फोइनिक्सले पाएका छन्। यस वर्ष बेस्ट ओरिजिनल सङको अवार्ड ‘रकेटम्यान’को गीत ‘आईएम गोन्ना लभ मि अगेन’ले पाएको छ।

बेस्ट इन्टरनेसल फिचर फिल्म ‘प्यारासाइट’, बेस्ट भिजिअल इफेक्ट ‘१९१७’, बेस्ट सिनेम्याटोग्राफीको अवार्ड ‘१९१७’ फिल्मले पाएको छ।

यसैगरि, बेस्ट सपोर्टिङ अभिनेत्रीको अवार्ड ‘म्यारिज स्टोरी’का लागि लाउरा डेर्न, बेस्ट सपोर्टिङ अभिनेताको अवार्ड ‘वान्स अपन अ टाइम इन हलिउड’का लागि ब्राड पिटले पाएका छन्। काठमाडौँ प्रेस