सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रुघा, खोकी र ज्वरोले भाइरल, कोरोनाको आशंका


सिन्धुपाल्चोक, माघ २९ :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा एक सय जनाभन्दा धेरै बिरामी भएपछि कोरोना भाईसको आशंका गरिएको छ ।

गएको बिहीबारदेखि गाउँपालिकाका एक सय जनाभन्दा धेरै व्यक्ति कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोका कारण थलिएका कारण कोरोनाको आशंका गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहित औषधि र माक्स पठाइसकेको छ ।

गाउँपालिकामा डाक्टर नभएकाले बिरामीको स्वास्थ्य परीक्षण गर्न छिमेकी गाउँपालिका जलबिरे स्वास्थ्य इकाइबाट डाक्टर लैजान लागिएको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरस नै भनेर नभनेको तर केरोनासँग मिल्दोजुल्दो लक्षण भएकोले साबधानी अपनाउन संबन्धित निकायमा पत्राचार गरेको गाउँपालिकाले जनाएको छ ।

यस’bout मन्त्रालयले बुधबार थप छलफल गर्ने बुझिएको छ । बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।