एसिया-प्यासिफिक अमूर्त सांस्कृतिक सम्पदाको कथाप्रतियोगिता पाँच नेपाली पुरस्कृत


काठमाडौं। युनेस्कोको आईसिच्याचक्याप संस्थाद्वार गत जुलाई २०१९ दक्षिण कोरियामा आयोजना भएको ‘एसिया-प्यासिफिक अमूर्त सांस्कृतिक सम्पदाको कथाप्रतियोगितामा पाँच नेपाली पुरस्कृत भएका छन् ।

प्रतियोगितामा एसिया-प्यासिफिक क्षेत्रका १९ वटा देशका युवालेप्रतियोगिता भाग लिएका थिए । ‘युवा अभ्यासकर्ता’ र ‘युवा प्रतियोगी’ गरी दुई शीर्षकमा आयोजना गरिएको प्रतियोगितामा नेपालबाट पाँच जना युवालेपुरस्कार पाए ।



नेपालबाट दीपक तोलाङ्गेको लघु चलचित्र ‘कुसुण्डा’ले विशेष पुरस्कारप्राप्त गर्‍यो । चलचित्रमा तोलाङ्गेले कुसुण्डा सस्कृती सन्छिप्तमा समेटेका थिए साथै कुसुण्डा भाषा संरक्षण गर्न संघर्ष गरेकी एकमात्रकुसुण्डाभाषी ज्ञानीमैया सेनको संघर्ष चित्रण गरेका थिए । यद्यपि, एकमात्र कुसुण्डाभाषी ज्ञानीमैयाको गत पुष महिनामा निधन भइसकेको छ ।

यसैगरी उक्त प्रतियोगितमा एलिना ताम्राकार र माया राईले उत्कृष्ट्ता पुरस्कार पाए । मोनासिला महर्जन र रिजा जोशीले सहभागिता पुरस्कार पाए ।पुरस्कृत युवा प्रतिभालाई बिहिबार युनेस्काको नेपाल कार्यालयमा युनेस्कोप्रतिनिधि क्रिचियन म्यानहार्टले पुरस्कृत गरे । प्रतियोगिता एसिया-प्यासिफिक क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न आयोजना गरिएको हो ।