विराटनगरमा मङ्गलबारदेखि ‘लक डाउन’
विराटनगर, १० चैत : कोभिड–१९ को सङ्क्रमण एवं रोकथामका लागि विराटनगर महानगरपालिकाले मङ्गलबारदेखि अनिश्चितकालीन ‘लक डाउन’ गर्ने घोषणा गरेको छ ।
महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकपछि उद्योगी व्यवसायी तथा सरोकारवालासँग छलफल पश्चात् लक डाउन गर्ने निर्णय गरिएको महानगर प्रमुुख भीम पराजुुलीले बताउनुुभयो । खाद्यान्न, औषधि, खानेपानी, विद्युत्, एम्बुुलेन्ससेवालगायत अन्य अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख पराजुुलीले बताउनुुभयो ।
सुुरक्षाका लागि नगरवासीले स्वयम् लक डाउन गरेको बुझ्न उहाँले आग्रह गर्नुुभयो । उद्योग धन्दा कलकारखाना तथा बजार, पसल तथा यातायातका साधन बन्द भए पनि अति आवश्यक पसल भने खुुला रहने छन् । विराटनगर लक डाउन भए पनि बिरामीलाई अस्पताल लानुपरेमा वा मरिमराउको अवस्थामा यातायातको साधन प्रयोय गर्न सकिने उहाँले बताउनुभयो । अति आवश्यक कामबाहेक घरबाट बाहिर हिँलडुुल नर्गन नगरवासीलाई महानगरपालिकाले आग्रह गरेको छ ।
सङ्कटका बेलामा कालाबजारी नर्गन व्यापारीलाई आग्रह गरिएको छ । केहि समस्या आएमा सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको साथमा रहेकाले कसैलाई नआत्तिन महानगरपालिकाले अनुरोध गरेको छ । (रासस)