सुदामा नम्बर दुई

 


ध्रुव मधिकर्मी

यो सुदामा नम्बर दुईको कथा हो ।

यो सुदामा कुनै गाउँको दुर्गम क्षेत्रमा बस्दैन । कुनै जमानामा उसका बाजेबराजुहरु बस्थे होलान् । त्यो कुनै पुरानो इतिहाससरह भइसक्यो । तर उसको जन्म सहरमै भयो । सहरकै आँगनमा उसको लालनपालन, पठनपाठन र सम्पूर्ण विधिव्यवहार भयो । सहरकै हावापानी, चालढाल तथा भौतिक सुविधाहरुबीच हुर्कियो । जुन सुदामाको रुपरङ्ग, चरित्र र परिवेश’bout हामीलाई जानकारी थियो, यो सुदामा त्यसभन्दा सर्वथा भिन्न छ । यही त्यो कारण हो जसले गर्दा मैले यो सुदामा नम्बर दुईको कथा हो भनेर भन्नुपरेको ।

यही कारणले यो पौराणिक कथा होइन यद्यपि यो सहरमा सुदामाको कहीँ कुनै कुटी छैन, छाप्रो छैन ’cause उसको ठूलै घर थियो – महल जत्रो र अद्यापि छ । स्वास्नी, छोराछोरी, आमाबाबु तथा घरका अन्य परिवारलाई कुनै प्रकारको अभाव थिएन । दुःख थिएन । ऊ स्वयंलाई पनि जीवनमा कुनै प्रकारको अभाव, कष्ट, दुःख भोग्नुपर्ने अनुभव भएको थिएन । जस्तो कुनै बेला पौराणिक सुदामालाई थियो । यसो हुनुको कारण त्यतिखेरको सुदामा गाउँको सीधासोझा हुनु र उनीसँग कुनै सीप, आयको श्रोत र चाटुकारिता नहुनु हो ।

अहिलेका कथानायक सुदामासँग आयका थुप्रै श्रोतहरु छन् । ती स्रोतहरुको लेखाजोखा गर्न तथा त्यसलाई अझ बढाउनमै उनको बढी समय जान्छ ।

एउटा शब्दले, एक कल फोनले वा एक हरफ तोकले उसको कुनै पनि समस्या टुङ्गो लाग्छ, नभए अलिकति नगदले । ( यहाँ अलिकतिको परिभाषा गर्नु कठिन छ ) ।

तर उसको एउटा काम भने तत्काल भएन । विशेष महत्वको काम, त्यसैले सामान्य उपायद्धारा हुने कुनै सम्भावना पनि छैन । त्यसैले उसले ठूलै भर्याङ्ग रोज्यो । त्यो भर्याङ्ग कृष्णको थियो । कृष्ण यो सहरको भव्य व्यक्ति जसको सशक्त प्रभाव सम्पूर्ण क्षेत्रमा अकाट्य छ ।

कृष्णसँग उसको कुनै सम्पर्क र सम्बन्ध थिएन । कुनै बेला एउटै पाठशालामा सँगै शिक्षार्जन गरेका थिए कि थिएनन्, यो कुरा सम्झनामा पटक्कै छैन । तर यतिखेर कृष्णको भर्याङ्ग चढ्ने विचार उसलाई श्रीमतीबाट प्राप्त भएको थियो । उसले एउटा सूत्र फेला पार्यो यसबाट । जसबाट उसको समस्या जटिलताबाट सरलतामा फक्र्यो । आफ्नो जमानामा कृष्ण श्रीमतीजीको बालसखा रहेछन् । ’emबीचको मित्रता त्यसताका सहरभरि नै चर्चाको विषय थियो ।

तर उसले यस कुरालाई कहिल्यै पत्याउन सकेन । किन सकेन आफै जानोस् । एउटा कुरा – व्यापारीले यसरी कुनै पनि कुरामाथि पत्यार गर्न थाल्यो भने त्यसको जहाज डुब्यो भनेर सम्झे हुन्छ । श्रीमतीको सिफारिसमा कृष्णकहाँ जान भनेर ऊ तत्कालै हिंड्यो । श्रीमतीका अनुसार कृष्णले कुनै हालतमा निरास पार्ने छैन । त्यसैले भेटका लागि कुनै टाइम लिन भ्याएको पनि थिएन । त्यहीँ भेटेर लिउँला भन्ने थियो । यता श्रीमतीले फोन गर्छु भनेकी थिई ।

उसको भब्य व्यक्तित्व देखेर पनि पालेले उसलाई रोक्यो – असभ्यतावश होइन शिष्टतावश नै । उसलाई थाहा थियो यसरी बाटो रोक्नेको मानसिकता कस्तो हुन्छ । उसले खल्तीबाट केही झिकेर त्यसका हातमा हालिदियो ।

उसको बाटो खुल्यो ।

ओहो सुदामा । तिमी .. मेरो प्यारो मित्र, कृष्णले हार्दिकता देखाएर भन्यो ।

सुदामालाई यो हार्दिकताको ’boutमा पूरै जानकारी थियो ।

ऊ पनि खुशीले गद्गद् भयो ।

आऊ बस ।, दुबै मित्र लचकदार सोफामा बसे । सोफा अलि धसियो ।

के छ तेरो हालचाल ?, कृष्णले सोध्यो ।

चलिरा छ ।

दौडिरा छैन ?

दुवै समानान्तरमा हाँसे ।

अचेल ब्यापार मन्दै छ ।

राजनीथि पनि अचेल त्यस्तै चलिरहेछ ।

दुवैको दुखेसो भिन्न विषयमा थियो । तर दुखेसो भने एउटै थियो ।

सुदामा कृष्णको बैठककोठा सरसर्ती निरीक्षण गर्न थाल्यो । यता कृष्ण उसले ल्याएको ब्रिफ्रकेसमाथि आँखा गाड्न थाल्यो ।

तिमीले अचानक यो बालसखालाई सम्झ्यौ । भन म के सहयोग गर्न सक्छु ?, कृष्णले मीठो सुसेली हाल्दै सोध्यो।

तिम्रै सहयोगले त यति चलिरा’ छ । तिम्रो सहयोग भएन भने त मरे पनि भो ।, सुदामाले झन मीठो लय हाल्दै भन्यो ।

पहिला तिमी आउँदा त यो साथीलाई केही न केही कोसेली ल्याउन बिर्सिंदैनथ्यौ , योपालि त बिर्सेजस्तो छ नि ।

अहँ, तर अहिले कनिका होइन, ढिकै बोकर ल्याएको छु ।

कृष्ण सभ्य थियो, शिष्ट थियो र थियो व्यवहारपटु । सुदामाका कुराले ऊ भित्रभित्रै सन्तुष्ट भयो, तर बाहिरी रुपमा बीतरागीझैं देखियो ।

किन दुःख गर्रयौ ? मलाई त तिम्रो थैलीको एक मुठी कनिका भए पुग्छ – माया , प्रेम सद्भाव र मित्रवत् हार्दिकताले भरिएको । अरु त सब मलाइ पुगेकै छ ।, कृष्णको बोली मधुर हुन थाल्यो ।

हैन, यो मेरो तुच्छ कोसेली त स्वीकार्नैपर्छ ।, सुदामाको स्वर पनि उस्तै नरम भयो ।

यस्तैमा कृष्णलाई फोन आयो । फोन सुदामाकी श्रीमतीको थियो । फोनसँग टाँसिएर कृष्णले सुदामाकी श्रीमतीसँग पुराना दिनहरु सम्झँदै घण्टौँ कुरा गर्यो ।

गफ मात्र गर्ने कि काम पनि ?, उताबाट प्रश्न आयो ।

के त पहिला काम अनि गफ गरुँ ?, कृष्ण पनि ठट्टालु पारामा देखियो ।

सुदामा निर्विकार भएर बसिरह्यो र पर्खिरह्यो आफ्नो कामको टुङ्गो’bout ।

फोन चल्दै थियो । एकैछिन फोनबाट हटेर कृष्णले सुदामालाई यो हप्तामा कामको टुङ्गो लगाइदिने बचन दियो र सुदामा मित्र कृष्णसँग विदा भएर फक्र्यो । बाटाभरि सुदामा काम टुङ्गो लागेकोमा प्रफुल्ल भई त्यसबाट हुने नाफासम्बन्धी हिसाब गर्दै रह्यो र यता कृष्ण पुनः फोनमा टाँसियो ।