अरुचि

धु्रव मधिकर्मी

मैले उसलाई नयाँ खबर सुनाएँ – आज मैले बाघले घाँस खाएको देखें, यार ।
हो, र !, उसले चकित हुँदै भन्यो ।
एकदम हो, मैले उत्साहित भएर भनें ।
यार, त यो त नपत्याउँदो भयो नि, बाघले घाँस खानु भनेको त । त्यसो भए छिटो जाउँ न त हेर्न, ऊ अत्यन्त उत्सुक भयो ।
अर्को दिन तिनै साथीलाई झन उत्साहित भएर नयाँ खबर सुनाएँ – बुझ्यौ, मान्छेले पनि घाँस खान थालेछ !
उसले खासै ध्यान दिएन । उसले ध्यान नदिंदा मै पो छक्क परें ।
पत्यार लागेन ? जाउँ हेर्न, मैले भनें ।
किन नपत्याउनु ! मान्छेले घाँस नखाएकै कहिले छ र !, उसले पटक्कै रुचि देखाएन ।