शनिदेव र चिन्ता

हाम्रो जीवनलाई निरन्तर ब्रह्माण्डीय पिण्डले प्रभाव परि रहेको हुन्छ।हाम्रो जीवन त्यसै अनुरुप संचालित भैरहेको हुन्छ। त्यसै सन्दर्भमा नौं ग्रहको कुरा गरौँ जो मनुष्य जीवनलाई सबै भन्दा बढी प्रभाव पर्ने पिण्डको रुपमा हामी स्वीकार्न सक्छौ।किनकि ग्रह पनि ब्रह्माण्डको त्यो पिण्ड हो जसले शृष्टिमा रहेको हरेक वस्तुलाई सबै भन्दा बढी प्रभावित गरि रहेको हुन्छ र आज यसै नौं ग्रह पिण्ड मध्ये म संक्षेपमा त्यस पिण्ड ग्रहको ’boutमा वर्णन गर्दै छु जसलाई ज्योतिष बिज्ञानले सबै भन्दा ठुलो सबै भन्दा शक्तिशालि ग्रहको रुपमा वर्णन गरेको छ। जसको नाम र स्मरणले नै मनुष्यलाई त्रास प्रदान गर्छ त्यो हो

शनि देव

अब शनि देवको कुरा गरौँ शनि देवले तपाइलाई विचार शक्ति,चिन्तन शक्ति प्रदान गर्छ।जस द्वारा तपाई बाधाको ’boutमा नयाँ तरिकाले विचार गरि त्यसको समाधान पाउन सक्नु होस्।”काल रुपेन संसार भक्षयाँतन महाग्रहण मृत्यु जयम महाकालम नमस्यामी शनैश्चारम” शनिको दशामा हामी चिन्तित तथा चिन्ता ग्रस्त हुन्छौ किन भने हाम्रो सोच सुरुदेखि शनि भनेको खराब हो अब यो दशामा हाम्रो सबै नराम्रो हुन्छ।भन्ने सोचले गर्दा यस्तो अवस्था आउछ।तर वास्तवमा त्यो बिल्कुल गलत सोच हो।किनकि शनिदेव न्याधिश हो किनकि नौं ग्रहमा शनिदेवलाई न्याधिशको रुप मानिएको छ। शनि देवले निष्पक्ष रुपले हामीले गरेको कर्मको मुल्यांकन गरि त्यसैको आधारमा दण्ड प्रदान गर्नु हुन्छ।असललाई असल र गलतलाई गलत दण्ड प्रदान गर्नु हुन्छ।शनि वास्तवमा चिन्तनको ग्रह हो।चिन्तन तपाई दिशा गर्न चाहनु हुन्छ।त्यो तपाई माथि निर्भर छ।चिन्तनको दिशा सकारात्मक पनि हुनसक्छ तथा नकारात्मक पनि चिन्तन नीतिको पनि हुन सक्छ।चिन्तन कार्य प्रणालीको पनि हुनसक्छ तथा चिन्तन व्यक्तित्वको पनि हुन सक्छ।जो व्यक्तिले आफ्नो चिन्तनलाई सहि दिशा प्रदान गर्न सफल हुन्छ त्यो व्यक्तिले शनिको दशामा स्वयमलाई अधिक सफल रुपमा स्थापित गर्न सक्छ।ठिक यसको बिपरित जो व्यक्तिले शनिको दशामा नकारात्मकता,भय,असुरक्षाको अनुभव गर्छन त्यस्तो विचार राख्ने व्यक्तिलाई झन् उल्झन,निराशा प्राप्त हुन्छ।

शनि र राशी

शनि देवले लगभग २९ वर्ष ४ महिनामा १२ राशिको भ्रमण पूर्ण गर्छन।यस अनुसार शनि एक राशिमा साँढे दुई वर्ष रहन्छन।शनिको छल बकरी हुनाले एक राशिलाई साँढे सात वर्ष प्रभावित पर्दछन र यसैलाई शनिको साँढेसाती दशा भनिन्छ।शनि जुन राशिको भ्रमण गर्छन त्यस राशी भन्दा अगाडीको राशी र त्यस भन्दा पछाडिको राशीलाई शनिको साँढेसाती दशा रहन्छ।अर्थात् एकै पटकमा शनिको तिन राशिमा साढे सातिको प्रभाव रहने गर्छ।शनिको साँढेसाती कालमा यदि व्यक्तिको आचरण सहि छ भने शनिले त्यस व्यक्तिलाई सुख,धन,यश प्रदान गर्दछन।एक भनाइ छ ‘शनिले दशा छोड्दा जति लिएका थिए त्यो भन्दा अधिक दिएर जान्छन।’ शनिले बडे बडे अहंकारिको अहंकार तोड्दछन्।शनिको दशाकोअवधिमा व्यक्तिको अहंकार पूर्ण रुपले समाप्त हुन्छ।लोभ,लालच,झुठो बोल्ने,जुवा सट्टाको कार्य निच कर्म पाप कर्म गर्नेलाई शनि कठोर सजाय दिन्छन र त्यस प्रकारका व्यक्तिलाई शनिले सहि मार्गमा ल्याई छाड्छन।

शनि र उपाय
ध्यान :-शनि विग्रह स्थापित गरि
निलाद्रिशोमांचीत दिष्य मुर्ति;
खड्गी त्रिदण्डी शारचाप हस्त:
शम्भुमार्हाकाल शनि पुरारी
ज्रयात्य शेषा सुरनाशकारी
मेरु पृष्ठे समसिना सामरस्ये स्थितशिवम
प्रणम्य शिरसा गौरी पृच्छ्ती स्म जगद्वीतम
ध्यान गरि कालो हकिक मालाले नित्य एक माला ओम प्रा।प्रि।प्रौ।श:शनैश्चारय नम: जप गर्ने।गरिबलाई भोजन दिने,कालो गाईको सेवा गर्ने,पिपलको पुजा गर्ने,जल चडाउने,सबै कुकर्म,निचकर्म,पापको त्याग गर्ने।
जय शनि देव

 

[email protected]

977-9849428414