नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदम’bout जानकारी

काठमाडौँ, २५ चैत : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम’bout जानकारी गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले भाइरस रोकथाम र उपचारका क्रममा चालिएका कदम र उपलब्धि’bout बैठकलाई ब्रिफिङ गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकमा नेताहरुको सामाजिक दूरी कायम हुने गरी स्थान निर्धारण गरिएको छ ।बैठकमा भाइरस रोकथामका लागि सरकारका कामको समीक्षा र पार्टीको भूमिका’bout छलफल र निर्णय हुने जनाइएको छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका नेता सहभागी हुनुहुन्छ । (रासस)