र्‍यापिड टेष्टमा काभ्रेका दुई जनामा देखियो कोरोना पोजेटिभ

काभ्रे, बैशाख २ : काभ्रेमा मंगलबारदेखि गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणमा दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। 

बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवा र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको हो। 

उनीहरुको स्वाबको नमुना संकलन गरी  पीसीआर विधीबाट परीक्षण परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

बथानचोकका युवा गत चैत ९ गते भारतबाट आएका थिए भने मण्डनदेउपुरका युवा ७ गते दुवईबाट आएका थिए। उनी दुवई बाट आएर २२ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए। 

उनीहरु दुबै जनालाई धुलिखेल अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ।