स्वास्थ्य मन्त्रालयमा मन्त्रीलाई कुरिरहेका छन् डाक्टर पुन

अनावश्यक रूपमा मिडियामा बोलेको भन्दै मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण दिन पत्र काटेपछि अहिले उनी स्वास्थ्य मन्त्रालय पुगेका छन्।

आधा घण्टा अगाडी मन्त्रालय पुगेका डाक्टर मन्त्रीको समय पर्खेर बसिरहेका छन्।

शुक्रबार मन्त्रालयले पुनको नाममा पत्र पठाएको भए पनि उनले आइतबारमात्र पत्र बुझेर मन्त्रालय पुगेका हुन्।

मन्त्रीले नै कुरा गर्ने भनेपछि अहिले मन्त्रीलाई पर्खेर बसेका हुन् ।

पछिल्लो समय अनावश्यक रूपमा मिडियामा बोलेको भन्दै पुनसँग मन्त्रालय रूष्ट बनेर पत्र काटेको थियो।

आफूले जनतामा चेतना जगाउने कुरामात्र बोलेको भन्दै आफु जस्तोसुकै प्रश्नको सामना गर्न तयार रहेको बताउँदै आएका छन्।