डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको : मन्त्रालय ; ‘म अस्पतालमै काम गर्छु। उहाँहरूले बोलाउनु भयो भने यहाँ (मन्त्रालय) पनि आउँछु: पुन

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम बिष्टले मिडिया ब्रिफिङमा बोल्दै डाक्टर पुनलाई अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयको कोभिड-१९ विरूद्धको अभियानमा सहयोग गर्न मन्त्रालय बोलाइएको बताए।कपोकल्पित कुरालाई मिडियाले बढाइचढाइ गरी समाचार सम्प्रेषण गर्नु खेदजनक भएको बिष्टले बताए।

डाक्टर पुनले आफू फेरि पनि टेकु अस्पतालमै  काम गर्ने बताए।

‘म अस्पतालमै काम गर्छु। उहाँहरूले बोलाउनु भयो भने यहाँ पनि आउँछु,’ पत्रकारहरूसँग कुरा गर्दै डाक्टर पुनले भने।