एकै दिन ११ जनामा काेराेना, संक्रमित संख्या ४२ पुग्यो
काठमाडौं, वैशाख ९ : उदयपुरका थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। त्रियुगा नगरपालिकाको एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितको सम्पर्कमा रहेका मानिसहरुको स्वाब परीक्षण गर्दा थप एक जनामा कोरोना संक्रमण भएको पाइएको हो।
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दाको स्वाब संकलन गरी काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले उक्त १३ जना संक्रमितको सम्पर्कमा रहेका मानिसहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। उदयपुरमा आज मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।