उदयपुरको भुल्केमा थप एक महिलामा कोरोना संक्रमण, संक्रमित ४३ पुगे

उदयपुरको भुल्केमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले जानकारी दिएका छन् ।
संक्रमित महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेकोछ ।
यसअघि उनका श्रीमानलाई पनि संक्रमण देखिएपछि उनको विराटनगर कोरोना अस्पतालमा उपचार भइरहेको छ।
मंगलबार सोही बस्तीका ११ जनामा कोरोना देखिएको थियो। योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ। उनीहरू सबै भुल्केका हुन्। यो संगै देशमा कोरोना संक्रमित ४३ पुगेको छ।