थप दुई जनामा कोरोना, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं, वैशाख ११ : नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
बिहीबार ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीया बालकमा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
संक्रमितमध्ये सात जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्। बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।