भोजपुरमा थप एकजनामा कोरोना पुष्टि भएपछी संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं । भोजपुरमा थप एकजना कोरोना संक्रमित पुष्टि भएका छ। वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पुष्टि भएका हो।
यसअघि बिहीबार दिउँसो उदयपुरबाट ल्याएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उदयपुरकी ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोरमा पोजेटिभ देखिएको थियो ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।
कोरोना संक्रमण देखिएपछि उपचार गरिएका १० जना निको भएर अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।