रिहा भए पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा

रिहाई भएपछि काठमाडौं जिल्ला अदालत परिसरमा उपाध्याय (बायाँ)

काठामडौं, वैशाख १५ : सामाजिक संजालमा लेखेबापत पक्राउ परेका पूर्वसचिव भीमप्रसाद उपाध्याय २५ हजार धरौटीमा रिहा भएका छन्। 

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायधीश भरतमणि खनालको एकल इजलाशले उपाध्यायलाई २५ हजार धरौटीमा रिह गर्न ओदश दिएको हो। अदालतको आदेश लगत्तै उपाध्याय रिहा भैसकेका छन्। ‘पच्चिस हजार धरौटीमा रिह गर्ने आदेश भएको छ’ काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिएका छन्। 

उपाध्यालाई सरकारले समाजिक संजालले लेखेकोभन्दै साइवर कानुनु अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरेको थियो। काठमाडौँ प्रेस