कोरोनाले एकै दिन अमेरिकामा २५ सयको मृत्यु, भारतमा हजार नाघ्यो

काठमाडौं, वैशाख १७ : विगत दुई दिनदेखि मृतकको संख्यामा कमि आएको अमेरिकामा कारोना भाइरसका कारण मृत्यु हुनेको संख्या फेरि वढ्दै गएको छ ।  आइतबार र सोमबार करिब १३ सयको हाराहारीमा ज्यान गुमाएको अमेरिकामा मंगलबार भने करिब २५ सयले ज्यान गुमाएका छन्।

अमेरिकामा मंगलबार मात्रै २४ सय ५६ जनाको मृत्यु भएको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा छ ।  त्यस्तै अमेरिकामा एकै दिन २५ हजार ९८ संक्रमित थपिएका छन्। त्यहाँ संक्रमतिको संख्या १० लाख ३५ हजार ४ सय ५४ रहेको छ। अमेरिकापछि इटालीमा धेरैले ज्यान गुमाएका छन्। इटालीमा २७ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ भने २ लाख १ हजार पाँच सय पाँच संक्रमित छन्।  त्यस्तै स्पेनमा २ लाख ३२ हजार १ सय २८ संक्रमित रहेका छन्।

त्यहाँ २३ हजार ८ सय २२ जनाको मृत्यु भइसेको छ। फ्रान्समा २३ हजार ६ सय ६० जनाको ज्यान गइसेको छ भने एक लाख ६५ हजार ९ सय ११ बिरामी छन्।  बेलायतमा एक लाख ६१ हजार १ सय ४५ जनामा संक्रमण भेटिएको छ भने २१ हजार ६ सय ७८ जनाले ज्यान गुमाइसकेका छन्।  नेपालको छिमेकी देश चीनमा मृत्यु शुन्यमा झरेको छ। चीनमा ६ जनामा संक्रमण देखिएको छ।

त्यहाँ हालसम्म ८२ हजार ८ सय ३६ जनामा संक्रमण देखिएकोमा ७७ हजार पाँच सय ५५ जना निको भइसकेका छन्।  भारतमा ३१ हजार संक्रमित हुँदा त्यहाँ मृत्यु हुनेको संख्या १ हजार नाघेको छ। त्यहाँ एक हजार ८ जनाको ज्यान गइरहेको छ।  

कोरोनाका कारण विश्वभर अहिलेसम्म ३१ लाख ३६ हजार २ सय ३२ जनामा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या २ लाख १७ हजार ७ सय ९९ रहेको छ। विश्वभर ९ लाख ५३ हजार २ सय ४५ जना निको भएर घर फर्किएका छन्।