बलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउडका भेट्रान अभिनेता ऋषि कपुरको निधन भएको छ। ६७ वर्षीय कपुरको स्वास्थ्यमा समस्या देखिएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो। उनको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनको निधन ’bout टाइम्स नाउले ट्वीट गरेको छ। बलिउडका अर्का भेटरान अभिनेता अमिताभ बच्चनले पनि लेखेका छन्, ‘ऋषि कपुरको पनि निधन भयो। म टुक्रिएँ।’

उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए। सन् २०१८ मा क्यान्सर पत्ता लागेपछि न्यूयोर्कमा उपचार गरिएको थियो। ११ महीनाको उपचार पछि निको भएर भारत फर्केका थिए।

अभिनेता कपूरकाे पछिल्लो समय ‘शर्माजी नमकिन’को सुटिङमा थिए। सुटिङकै क्रममा उनलाई समस्या भएको थियो।

बलिउडले दुई अभिनेता गुमाएकाे छ। म‌ंगलबार अभिनेता इरफान खानकाे निधन भएकाे थियाे। उनी पनि क्यान्सरबाटै पीडित थिए।