व्यवसायी शुलभ अग्रवाल रिहा भए साढे २५ लाख धरौटी तितेर

काठमाडौं, वैशाख १८ : स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपको मालिक शुलभ अग्रवाल रिहा भएका छन् । बिहीबार उनी  साढे २५ लाख रुपैयाँ धरौटीमा रिहा भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई रिहाको आदेश सुनाएको हो। 

थर्मलगन कालोबजारी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो। करिब साढे तीन हजार पर्ने थर्मल गनलाई उनले १५ हजार भन्दा बढी मुल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको थियो।