तारिखमा छुटे सम्पत्ति शुद्धिकरण विभागबाट सुलभ अग्रवाल

१८ वैशाख, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ ।लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको बताइएको छ।

बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २ लाख ५० हजारमा धरौटीमा छाडेको अग्रवाल गत चैत २५ गते थर्मल गन कालोबजारीको आरोपमा काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए ।