कोरोना कविता

कमल भण्डारी

के भो आज यहाँ सपना सरी यो कोरोनाको संकट ।
मानव सभ्यातालाई धावा वोलेर ल्याउँदैछ यहाँ विकट ।।

पृथ्वी लोकमा विषाणु प्रकोप वढ्दै गयो दिन दिन ।
झिल्को बाट सुरुभई कोरोना लाखौ लाख छिन छिन ।।

मानव सभ्यता र विकास क्रममा हासिल गरेका ज्ञान ।
निर्जिव विषाणु भाइरस सामु घुँडा टेक्यो विज्ञान ।।

समुन्द्रि तट ती नगर महा नगरहरु मुर्दा सरी निर्जन ।
दुलोमा मुसो लुके झै लुकी गए सारा ती मावन जन ।।

आफ्नै माता पिता र संगी वीचमा दुर भए सन्तान ।
पृथ्वी लोकका मानव चल पल एकै थालो लक डाउन ।।

आ आफनै घरभित्रका गृह वन्दी सरी भए सारा विद्रान ।
कोभिड उन्नाईस नामक भाइरसले सक्ने होकि धन जन ।।

चीनको वुहान प्रान्तबाट सुरु भई आयो आफ्नै घर आगन ।
लाखौ लाख नया संक्र मितहरु वढ्दै गए छिन छिन ।।

सुख शान्ति र समृद्धिको पथमा लाग्दै गरेका जन ।
कोरोना तँ कति निष्ठूरी रहेछस् भत्काइस् सारा सपना ।।

शक्तिसाली कति रहेछ कोरोना मान्छेलाई सिध्याउने ।
एक ठाउँबाट सुरुभएर यसले संसार हल्लाउने ।।

धैर्य, प्रेम शान्ति र सम भाव सवमा जगाउ अव दिन दिन ।
प्राकृतिक जिवन जिउन थालौ जनले भगाऔ सारा कोरोना ।।

मृत्यु देखि डराउनु हुन्न मानवले यो टारेर टारिन्न ।
एउटा जावो भारस वढेर यहाँ सृष्टि कहिलै रोकिन्न ।।