माधव नेपालको ‘गुट’ भेला कोटेश्वरमा जारी

काठमाडौं, वैशाख २१ : केपी ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग्दै आएको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफु निकटका नेताहरुसँग छलफलमा जुटेका छन्। नेता नेपालले आफु निकटका नेताहरुलाई आफ्नै निवास कोटेश्वरमा बोलाएर छलफल गरेका हुन्।
शनिबारको सचिवालय बैठकले आगामी २५ गते स्थायी कमिटिको बैठक बोलाएपछि नेता नेपालले आफू निकटका स्थायी कमिटिका नेताहरुलाई बोलाएर रणनीती तय गर्न छलफल गरेका हुन्। ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट सचिवालयबाट राजीनामा गराउने गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु लागेता पनि स्थायी कमिटिको बैठक बोलाइएको हो।
शनिबारको सचिवालय बैठकले नेकपाको विवाद केही समयका लागि अन्त्य भएको भन्ने विष्लेषण भइरहेका बेला नेपालले छुट्टै रणनीति बनाउन आफु पक्षिय नेताहरुसँग परामर्श जारी राखेका छन्। स्रोतका अनुसार नेपालले स्थायी समिति बैठकमा ओलीको राजीनामाको विषयलाई उठाउने तयारी गरेका छन्।काठमाडौँ प्रेस