बाँकेमा थप ७ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं, वैशाख २३ : बाँकेमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।
प्राप्त विवरण अनुसार संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि पनि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।
यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ । जसमध्ये १६ जनालाइ निको भईसकेको छ ।

