विप्लवका पोलिट्ब्युरो सदस्य अनिल शर्मा पक्राउ

काठमाडौं, वैशाख २३ : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा ‘बिरही’लाई पक्राउ गरेको छ।

उनलाई प्रहरीको विशेष टोलीले चितवनबाट पक्राउ गरेको हो। शर्मालाई पुरानो मेडिकल कलेजबाट पक्राउ गरिएको हो। 

चितवनका एसपी नन्तीराज गुरुङका अनुसार रमेश रिमालको नामबाट अस्पताल भर्ना भएका विप्लप निकटका नेता पक्राउ गरिएको छ। तर उनी अनिल शर्मा ‘बिहरी’ हुन् वा होइनन् भन्ने’bout अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

अनुसन्धानपछि जानकारी गराउने भन्दै उनले घटना’bout थप अनुसन्धान भइरहेको बताए।