पुनः कोरोना संक्रमण देखियो निको भएका दुई जनामा

काठमाडौं । कोरोना संक्रमण निको भएर घर फर्किएका दुई जनामा पुन: संक्रमण देखिएको छ ।

वीरगञ्जको छपकैयास्थित मस्जिदका जमाती र रौतहटका एक युवकमा पुनः संक्रमण देखिएको हो ।

भारतीय तीन जमाती र रौतहटका युवक वैशाख १४ गते नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।