चिनियाँ अध्ययन भन्छ– सेक्सबाट पनि सर्छ कोरोना भाइरस

काठमाडौं, वैशाख २६ : चिनियाँ अनुसन्धानकर्ताले कोभिड–१९ पुरुषको शुक्रकिटमा पनि देखिएको नयाँ तथ्य पत्ता लगाएका छन्। नयाँ तथ्य पत्ता लागेसँगै सेक्सका माध्यमबाट कोरोना भाइरस फैलन सक्ने सम्भवना देखिएको छ। 

चीनको शाङगचिउ मिनसिपल अस्पतालका चिकित्सकले ३८ पुरुषहरुमा अध्ययन गरेका थिए। परीक्षणको नतिजा अनुसार ६ जनाको विर्यमा सार्स–कोभिड–२ पाइएको छ। 

जामा नेटवर्क ओपनले प्रकाशित गरेको अध्ययन रिपोर्टमा अनुसन्धानकर्ताहरुले कोरोना’bout थप अध्ययन गर्न आवश्यक रहेको बताएका छन्। उनीहरुले भाइरस कसरी फैलिन्छ र यौन क्रियाकलापका कारण सर्ने सम्भावना कति रहन्छ? भनेर थप अध्ययन गर्न आवश्यक रहेको बताएका छन्। 

सार्स– कोभिड–२ को अध्ययनमा लागेका वैज्ञानिकहरुले भने यौन सम्पर्कबाट यो रोग सर्ने वा नसर्ने पत्ता लगाउन सके रोगको औषधि बनाउन अझ सजिलो हुने बताएका छन्। उनीहरुका अनुसार संक्रमित पुरुषको शुक्रकिटमा भाइरसको कुनै चिह्न रहँदैन। 

तसर्थ यो अनुमानित मात्र रहेको र हालसम्म पनि कुनै तथ्य आधार नरहेको उनीहरुको भनाइ छ। अध्ययनमा सहभागी डाक्टहरुले अध्ययन सिमित र सानो आकारमा गरिएकाले यसको व्यापक अध्ययन गर्न आवश्यक रहेको बताएका छन्। 

चिकित्सकहरुका अनुसार, यो अध्ययन सानो संख्यालाई समावेश गरी अनुमान मात्र लगाइएको हो। यसको लागि थप अध्ययन तथा अनुसन्धान गर्न बाँकी रहेको उनीहरुको भनाई छ।

ब्रिटेनको शेफिल्ड विश्वविद्यालयमा एन्ड्रोलोजीका एक प्राध्यापकका अनुसार कोरोनाभाइरस शुक्राणुमा अधिक व्यापक रूपमा देखिँदैमा यो शारीरिक सम्पर्कबाट सर्छ नै भन्न मिल्दैन। ‘कोभिड १९ का कारणले देखा पर्ने भाइरस केही पुरुषहरुको विर्यमा देखा परेमा आत्तिनु पर्दैन,’ उनले भनेका छन्,‘यो इबोला र जिका जस्ता अन्य धेरै भाइरसमा पनि देखिने गरेको छ।’ यस्तो अध्ययनले चिकित्सकहरुका साथै सर्वसाधारणलाई बिरामीहरुको ¥याल र रगतसँग मात्र जोगिनु पर्याप्त नरहेको पुष्टी हुन्छ। 

साउथ चाइना मर्निङ पोस्ट/काठमाडौँ प्रेस