‘सुगौली सन्धिले निर्दिष्ट गरेको सिमा मिचेर भारतले एकलौटी सडक बनाएकोमा गम्भीर ध्यानाकर्षण’: परराष्ट्र मन्त्री

काठमाडौं, बैशाख २८ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी नै नदिइ भारतले नेपाली भूमी प्रयोग गरेर सडक निर्माण गरेको प्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको बताएका छन्। 

आइतबार प्रतिनिधीसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा धारणा राख्दै भारतको कदमले ध्यानाकर्षण भएको बताएका हुन्। उनले नेपालको सिमा सुगौली सन्धिले निदृष्ट गरेको भन्दै सिमा’bout अर्को कुनै सन्धि नभएको बताए । ‘नेपाल सरकार सुगौली सन्धिबाट निर्दिष्ट हो भन्ने ठान्दछ। विभिन्न समयमा भएका तीनवटा पुरक सन्त्रि समेतको सुगौली सन्धिले नेपालको सिमा अर्को कुनै सिमा सन्धि भएको छैन,’ उनले भने, ‘त्यही सुगौली सन्धीका आधारमा, त्यो बेलाका नक्सा, प्राप्त तथ्य र प्रमाणका आधार यो समस्याको समधान गर्नुपर्छ भन्ने मान्यता लाग्छ।’

उनले भारतले सन् २००५ मा बाटो बनाउने निर्णय गरेको, २००८ देखि निर्माण सुरु भएको र २०१४ देखि तिव्रता लिएको घटनाक्रमले प्रस्ट पारेको पनि मन्त्री ज्ञवालीले बताए । उनले नेपाल भूमकम्पको पिडामा रहँदा  १५ मे २०१५ को दिन भारतका प्रधानमन्त्रीको चीन भ्रमणमा गएको बेला संयुक्त विज्ञप्ती जारी भएको र नेपालको वर्तमान नक्सामा समेत रहेको लिपुलेकलाई दुई देशले अन्तरासष्ट्रय व्यापार मार्ग बनाउने निर्णय गरेको पनि जानकारी गराए । ‘त्यही बेला सरकारले कुटनीतिक नोट जारी गरेर असहमति जारी गरेको छ । त्योपछि पनि यो क्रम रोकिँदैन। ट्याक खुला भएको छ’ ज्ञवालीले भने । 

नोभेम्बेर २, २०१९ मा नक्सा प्रकाशित गरिसकेपछि नेपालले मान्दै आएका भूमी महाकाली र लिम्पियाधुरा पूर्वका सबै नेपालको हो भन्ने मान्यता रहेको उनले बताए । 
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाली भूमि लिपु लेक हुदै भारत सरकारले कैलाश मनसरोवर सडक निर्माण गरेको विषयमा सरकारको गम्भीर अपत्ती रहेको बताएका छन्। 

ज्ञवालीले नेपाली भूमि हुदै भारत सरकारले बनाएको उक्त सडकप्रति सरकारलै औपचारिक रुपमै विज्ञप्ती मार्फत आपत्ती जनाएको जानकारी गराए । ज्ञवालीले लिपु लेक हुदै भारतले बनाउको सडकका विषयमा नेपाल सरकारले जारी गरेको विज्ञप्ति संसदमा पढेर सुनाएका थिए । 

मन्त्री ज्ञवालीले नेपाली भूमि हुदै भारत सरकारले बनाएको उक्त रोडकको विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलहरुको एउटा धारणा आएकोमा पनि धन्यवाद व्यक्त गरेका छन्।