थप १० जनामा काेराेनाकाे संक्रमण कपिलवस्तुमा, नेपालमा संक्रमितकाे संख्या १२०

काठमाडौं, वैशाख २९ : कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।
सोमबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
पुष्टि भएका १० संक्रमित कपिलवस्तु जिल्ला यशोधरा गाउँपालिका वडा नं ५ र बुद्धभूमी नगरपालिका वडा नं ७ र १० निवासी रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
