जिल्ला अस्पताल कपिलवस्तुमा कार्यरत स्टाफ नर्समा देखियो कोरोना

आज संक्रमण पुष्टि भएका कपिलवस्तुका आठ जनामध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गरेका हुन्।
कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया उनी जिल्ला अस्पतालमा कार्यरत रहेकी उनलाई कसरी संक्रमण भएको हो भन्ने’bout खुलेको छैन।
कपिलवस्तुमा हालसम्म संक्रमण देखिएका २९ जनामा २८ जना सबै भारतबाट आएको भए पनि उनीमात्र यहीँ रहेको अवस्थामा संक्रमण देखिएको हो।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने संक्रमण थपिएका आठ जना भएको भए पनि को कुन पेशाको हो भन्ने नखुलेको बताए।
