काठमाडौं र भक्तपुरसहित थप २६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं, वैशाख ३१ : नेपालमा थप २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

मंगलबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट पर्सा, महोत्तरी, सर्लाही, धनुषा, भक्तपुर र काठमाडौंमा गरी थप २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१७ पुगेको छ।