प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

काठमाडौं, वैशाख ३१ः प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका छन्। कोरोना भाइरसको बढ्दो संक्रमण र सीमा विवादका विषयमा छलफल गर्न बुधबार अपरान्ह साढे चार बजेलाई सर्वदलिय बैठक बोलाइएको हो।

बैठकमा राष्ट्रिय दलको मान्यता प्राप्त पार्टीहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए। उनका अनुसार बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रमन्त्री र परराष्ट्रविदहरुलाई समेत बोलाइएको छ। ‘सीमा समस्या र कोरोना भाइरसका विषयमा छलफल गर्न सर्वदलिय बैठक बोलाइएको हो,’ उनले भने।

गत शुक्रबार भारतले नेपालको कालापानी क्षेत्रमा मानसरोवर जोड्ने सडक निर्माण गरेको थियो। त्यसयता नेपाल–भारतबीच सीमा विवाद चर्किएको छ। भारतको उक्त कदमलाई लिएर नेपालमा सदनदेखि सडकसम्म विरोध भइरहेको छ।