सामाजिक सञ्जालमा चर्को विरोधपछि पूर्व राजारानीले पाए काठमाडौं आउने पास

काठमाठौं, जेठ २ : सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउने सवारी पास उपलव्ध गराएको छ ।
विहिबार पास खारेज गरेको सरकारले सामाजिक सञ्जालमा चर्को विरोध भएपछि पुन पास दिएको हो ।
बिहीबार सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए । पास पाए लगत्तै शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट उनीहरु काठमाडौँका लागि प्रस्थान गरेका छन् ।पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित विगत दुई महिनादेखि झापामा बस्दै आएका थिए ।
झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा लकडाउनका कारण त्यही बस्दै आएका थिए।