जीविका

उसले सबैलाई देखाएर हातको मुठी बन्द ग¥यो र खोल्दा त्यसबाट फुल निकाल्यो । फुललाई हावामा फुत्त उछाल्यो र तत्काल हावामै त्यो परेवा भएर भुर्रर उड्यो ।
कस्तो अचम्म ! देख्नेहरुले रमाइलो माने ।

उसले फेरि केही नभएको झोलालाई घोप्ट्याएर त्यसबाट सुनका सिक्काहरु छननन गर्दै भुइँमा छ¥यो । हेरिरहेकाहरुको आँखैमा पर्नेगरी सिक्काको चमक तिरमिरायो । दुईचार जनाको खल्तीमा उसले मुठीभर सिक्काहरु हालिदियो । हेर्दाहेर्दै खल्तीमा सिक्काहरु गायब भए ।
सिक्का पाउनेहरु एकछिन गद्गद् भए । हेर्नेहरु अचम्भित भए ।

ऊ दिनैपिच्छे कुनै न कुनै जादू देखाउँछ । यसरी जादू देखाएवापत उसको जीवन जेनतेन चल्दै थियो ।

यता आएर उसले पेशा विस्तार गरेको छ । अचेल ऊ जादूगरी मात्र गर्दैन नेतागिरी समेत गर्छ । अब यसबाट उसको जीविका भव्यतापूर्वक चल्न थालेको छ ।