कोरोनाले विश्वभर ३ लाखभन्दा बढिको निधन, संक्रमित ४५ लाख कटे

काठमाडौं, जेठ ३ : कोरोनाभाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार विश्वभरी ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित भएका छन् । ।सबैभन्दा धेरै अमेरिकामा १४ लाख ४२ हजार ८ सय १९ जना संक्रमित भएका छन् । अमेरिकामा ८७ हजार ५ सय ३० जनाको मृत्यु भैसकेको छ । 

रसियामा २ लाख ६२ हजार ८ सय ४३ जना संक्रमित भएका छन् भने २ हजार ४ सय १८ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख ३८ हजार संक्रमित छन् भने मृतक संख्या ३४ हजार ७८ रहेको छ । स्पेनमा २ लाख ३० हजार १ सय ८३ संक्रमित छन् भने २७ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ । इटलीमा संक्रमितको संख्या २ लाख २३ हजार पुगेको छ र मृतक संख्या ३१ हजार ६ सय १० पुगेको छ । ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जना संक्रमित भएका छन् र १४ हजार ८ सय १७ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ७९ हजार ६ सय ३० जना संक्रमित भएका छन् र २७ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ ।