सरकारले राष्ट्रिय प्रयोगशाला टेकुको रिपोर्टलाई गुपचुप राखेर धुलिखेलमा मृत्यु भएकी महिलाको अन्त्येष्टी गर्दै

काठमाडौं, जेठ ३ : सरकारले राष्ट्रिय प्रयोगशाला टेकुको रिपोर्टलाई गुपचुप राखेर धुलिखेलमा मृत्यु भएकी महिलाको अन्त्येष्टी गर्ने तयारी गरेको छ।

धुलिखेल अस्पतालबाट कोरोना संक्रमणबाट निधन भएका व्यक्तिको प्राटोकल अनुसार सेना र प्रहरीले शव पशुपति आर्यघाटतर्फ ल्याइरहेका छन्।

 ‘शवलाई हामीले सेना र प्रहरीको सुरक्षामा आर्यघाट पठाएका छौं,’ काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले भने,  ‘मृतकको अन्त्येष्टी आर्यघाट स्थित विद्युतिय शवदाहगृहमा हुने छ।’

मृतक महिलाको धुलिखेल अस्पतालमा गरिएको कोरोनाको पिसिआर परिक्षणको रिपोर्ट तीन पटकसम्म पोजेटिभ आएको थियो। स्वास्थ्यमन्त्रालयले उक्त रिपोर्टमा विश्वास नगरी स्वाब टेकु मगाएर आज पुनः परिक्षण गरेको थियो। टेकुमा पनि रिपोर्ट पोजेटिभ आएपनि स्वास्थ्य मन्त्रालयले अझै सार्वजनिक गरेको छैन ।

राष्ट्रिय प्रयोगशाला स्रोतका अनुसार मृतक महिलाको पोजेटिभ रिपोर्ट आइसकेको छ। तर, यस’boutमा बोल्ने अधिकार नभएको प्रयोगशालाका एक चिकित्कसले बताए। प्रयोगशालले ती महिलाको कोरोना रिपोर्ट साँझ सात बजे मन्त्रालय पठाइसकेको छ। रिपोर्ट हेरेपछि स्वास्थ्य मन्त्रालयले मृतक महिलाको शव कोरोनाबाट निधन भएका व्यक्तिको अन्तिम संस्कार गर्न बनाइएको कार्यविधी अनुसार अन्त्येष्टी गर्न अनुमती दिएको हो। 

सिन्धुपाल्चोकको बाह्रविसेकी २९ बर्षिय महिलाको शुक्रबार साँझ धुलिखेल अस्पतालमा निधन भएको थियो।

कसरी गरिन्छ कोरोनाबाट मृत्यु भएकाको दाहासंस्कार ?

कोरोनाबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार गर्ने कार्यविधि फरक छ । कोरोनाबाट दाहा संस्कार गर्ने ’boutमा सरकारले छुट्टै कार्यविधी बनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र २५ गते जारी गरेको कार्यविधी अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टि अन्य कारणले मृत्यु भएका मानिसको भन्दा भिन्नै तरिका अपनाउनु पर्छ । कोरोना संक्रमक भएकाले यसको अन्त्यष्टिका लागि फरक विधि तय गरिएको हो। 

कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शववाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । 

यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रूपमा पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई लगाउनुपर्ने कार्यविधीमा उल्लेख छ।

शवलाई सकेसम्म चाँडो घाटमा पर्‍याउनुपर्ने, ६० वर्ष कटेका र दीर्घ रोगीलाई कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको नजिकै जान नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा त्यस्ता मृतकको पोस्टमार्टम सामान्यतया गर्न नपर्ने र गर्नुपर्ने भए पनि सावधानी अपनाएर मात्रै गर्न कार्यविधीमा उल्लखे छ।  कार्यविधी अनुसार मृतकका परिवार र आफन्तले १ मिटर परबाट मात्र शव हेर्न पाउने छन्। काठमाडौँ प्रेस