बाँकेमा एकैदिन ४७ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो
काठमाडौं, जेठ ५ : बाँकेमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
सोमबार नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
उनका अनुसार संक्रमित ४६ जना पुरुष र एक जना महिला रहेका छन्।