काठमाडौंमा ३, ललितपुर र भक्तपुरका एक-एक जनामा कोरोनाको संक्रमण

काठमाडौं, जेठ ६ : काठमाडौं, ललितपुर र भक्तपुरका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौं, ललितपुर र भक्तपुरमा गरी पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

प्रवक्ता देवकोटाका अनुसार काठमाडौंमा तीन, ललितपुर र भक्तपुरमा पनि एक–एक जना गरी पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमितको स्थायी ठेगाना र हाल उनीहरु रहेको ठेगाना अनुसार कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकिएको उनले बताए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। तीमध्ये ३७ जना निको भएर डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ।