थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं, जेठ ६ : नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार विभिन्न ठाउँका प्रयोगशालामा गरिएको परीक्षणमा २४ पुरुष र तीन महिला गरी २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
प्रवक्ता देवकोटाका अनुसार झापामा ९, कपिलवस्तुमा ४, काठमाडौंमा ३, सर्लाहीमा २, मोरङ, सुनसरी, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ र नवलपरासी समान एक–एक जना गरी जम्मा २७ जनामा कोरोनाको संक्रमण भेटिएको छ।
कोरोना संक्रमितको स्थायी ठेगाना र हाल उनीहरु रहेको ठेगाना अनुसार कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकिएको उनले बताए। थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका रहेको उनले जानकारी दिए। कोरोनाबाट संक्रमित हुने जिल्लाको संख्या ३६ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। तीमध्ये ३७ जना निको भएर डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ।
यसअघि सोमबार एकैदिन ८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।