तीन पक्राउ


कैलालीको जानकी गाउँपालिकास्थित बिजुलिया कुलोमा माछा मार्ने क्रममा बिजुलीको करेन्ट प्रवाह भई एकजनाको मृत्यु भएको घटनामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

टीकापुर नगरपालिकाका डम्बरबहादुर राजी, ऐशेरेसिंह लुहार र एकोभाने साउदलाई आज पक्राउ गरी उनीहरुमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

सोमबार रातिको समयमा माछा मार्ने क्रममा करेन्ट प्रवाह गरिएपछि जानकी गाउँपालिका दुर्गौलीका २१ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको थियो । प्रहरीले घटनास्थलबाट बाँसको लट्ठी र सो लट्ठीमा बाँधेको २४ मिटर लामो विद्युतीय तार र डम्बर राजीको घरबाट १७५ मिटर लामो विद्युतीय तारसमेत बरामद गरेको थियो ।- रासस