दुई शब्दाञ्ली

राजु कार्की


१.

मनको तरंग
थाहा छैन के के सँगै बगेँ
नदीलाई सोधेँ, झरनालाई सोधें
आँशुले सत्य बोल्यो नढा“टीकन
विरहीसँग त मन मिल्छ, र बगेँ

अहिलेसम्म बाँचेको यो जिन्दगी
सुखदुःखको रस्साकस्सीमा परे
अन्योल छ जित कसको हातमा प¥यो
हारको खाँेचमा एक्कासी झरें

दुरी बढ्दो छ मेरो र मैले थामेका हातमा
निरन्तर पीडा थप्न मनले मानेन
जतनले टालेर राखेको खुसी
त्यसै जलाउन झनै मनले मानेन

२.

विपरित दिशा
आजबाट भन्न छाडें
आजैबाट सुन्न छोडें
मौनताको शिखर अब
तेन्जिङ्गले सगमाथा चुमेझै चुम्नै पर्ला
आधार छरपष्ट छरिएको प्रशस्तै देखें
अब त सीमा नाघेकै पनि प्रस्ट भो

आशा र भरोसा त्यो सम्बन्ध
एकअर्कोको विपरित दिशातिर
निर्देशित भएको प्रस्टिदै छ
नियमित ठानिएका नदीहरु
विपरित धारमा बगे जस्तै ।

कति झूटहरु सच्चाईको
पर्दा लगाई नै रहे
आफ्नै परछायाँलाई
मेरै हो भनेर प्रमाणित गर्न
लागि पर्छ यो जिन्दगी
कतिञ्जेलसम्म उन्मादमा उम्लने हो
कुनै दिन सालिक नामको ढुंगो पुजिने छ
हाललाई अपरिचित सम्झिदिए भो ।

-राजु कार्की