कोरोनाको संक्रमण थप ३६ जनामा पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं, जेठ १० : नेपालमा थप ३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शनिबार परीक्षणमा थप ३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। योसँगै कोरोनाबाट संक्रमति हुनेको संख्या ५८४ पुगेको छ।