कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्देशन दिएको छ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको कुरा प्रवक्ता विश्वप्रकाश शर्माले बताए । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्।

संविधान संशोधनको पक्षमा उभिने यसअघि पदाधिकारी बैठककै बेला संकेत गरे पनि कांग्रेसले केन्द्रीय कार्यसमितिबाट संस्थागत निर्णय गर्ने बताउँदै आएको थियो।

सरकारले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ।