संसदमा संविधान संशोधन प्रस्ताव पेश

काठमाडौं, जेठ १८ : संविधान संशोधन प्रस्ताव प्रतिनिधीसभा बैठकमा पेश भएको छ। कानून मन्त्री डा.शिवमाया तुम्वाहाङ्फेले संशोधन प्रस्ताव पेश गरेकी हुन्।

तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधयक २०७७ संसद्मा पेश गरेकी हुन्।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । यसमा पहिलो संशोधन सोही वर्ष असोज १० गते भएको थियो ।