कर्णालीमा थप २९ जनामा कोरोना, संक्रमितको संख्या २६२ पुग्यो

काठमाडौं, जेठ २० : कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो। 

जसमध्ये सुर्खेतका ११ जना रहेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ का ८ जना रहेका छन्। भने, वडा नं. ३ जना रहेका छन्।

त्यस्तै सल्यानको दार्मा गाउँपालिका १ का दुई,  २ का दुई, ३ का २ पुरुष, र ४ का ४ जना पुरुष रहेका छन्।

यस्तै अछामको मंगलसेन नगरपालिका ४ का १, मेल्लेख गाउँपालिका ४ का ६ पुरुषर एक महिलामा संक्रमण पुटि भएको हो।

योसँगै सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ। – काठमाडौँ प्रेस