भारतबाट फर्किएकी युवतीको डडेल्धुराको क्वारेन्टाइनमा मृत्यु

डडेलधुरा, जेठ २१ : डडेल्धुराको क्वारेन्टाइनमा फेरि एक युवतीको मृत्यु भएको छ। यस अघि साढे ६ वर्षीय बालकको पनि क्वारेन्टाइनमै मृत्यु भएको थियो।

डडेलधुराको गन्यापधुरा गाउँपालिकास्थित क्वारेन्टाइनमा युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया युवतीको मृत्यु भएको हो।

गएराति गन्यापधुराको असिग्राम माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमै बस्दै आएका श्रीमानसँगै शौचालय गएकी उनी एकाएक बेहोस भएकी थिइन्। उपचार गर्न नपाउँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दधिराम न्यौपानेले बताए।

उनका अनुसार, उनी श्रीमानसँगै चार दिन अघि भारतबाट आएकी थिइन्। उनीहरुलाई स्थानीय विद्यालयकै क्वारेन्टाइनमा राखिएको थियो। यस’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काेराेना परीक्षणका लागि स्वाब संकलन गर्न लागिएकाे जनाएकाे छ।

केही दिन अघि सदरमुकाम डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा साढे ६ वर्षीय बालकको पनि मृत्यु भएको थियो। भारतबाट आएका उनको स्वास्थ्यमा समस्या भएपनि समयमा अस्पताल लगिको थिएन्।