ह्याम्स अस्पतालका दुई बिरामीमा कोरोना संक्रमण

काठमाडौं, जेठ २३ : काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालका दुई जना बिरामीका कोरोना संक्रमण देखिएको छ। 

काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा बताएका थिए।

संक्रमितहरु गुल्मीका ७६ वर्षका र पोखराका ६० वर्षका व्यक्ति हुन्। संक्रमण पुष्टि भएका दुई जनालाई कोरोनाको आशंकामा पहिल्यैदेखि सतर्कता अपनाएर उपचार गरिएको अस्पतालले जनाएको छ।