गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २४ : थप १७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गण्डकी प्रदेशका अनुसार स्याङ्जामा १० जना बाग्लुङमा १ जना, कास्कीमा ३ जना र नवलपरासी पूर्वमा तीन जनामा कोरोनाको संक्रमण देखिएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । निर्देशनलायका अनुसार स्याङ्जाको वालिङ नगरपालिकामा आठ जना पुरुष १६ वर्षदेखि ५४ वर्षका पुरुष, हरिनास गाउँपालिकाका १८ र ४० वर्षका दुई पुरुष छन्।
त्यस्तै बाग्लुङको ताराखोला गाउँपालिका ३९ वर्षीय पुरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुष, पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ। त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्वको बिनय त्रिवेणी गाउँपालिकाका १८,१९ र २७ वर्षीय पुरुष रहेका छन्।
निर्देशनालयका अनुसार नयाँ सक्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । – काठमाडौँ प्रेस

