कोरोनाको संक्रमण काठमाडौंमा थप चार जनामा

काठमाडौं, जेठ २४ : काठमाडौंमा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार संक्रमितहरु २१ र ३५ वर्षीया महिला तथा ३६ र ४६ वर्षीय पुरुष रहेका छन्।
शनिबार नेपालमा थप ३२३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३२३५ पुगेको छ। संक्रमितमध्ये ३६५ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ।
