नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुग्यो

काठमाडौं, जेठ २७ :  नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४०८५ पुगेको छ।