विक्रम पाँडेकाजी बीबीआईएन च्याम्बर अफ कमर्सका उपाध्यक्षमा मनोनीत

आसिफ इकबालको नेतृत्वमा बीबीआईएन च्याम्बर अफ कमर्सको एक नयाँ कार्यसमिति गठन गरेको छ जस्मा विक्रम पाँडेकाजी उपाध्यक्षमा मनोनीत भएका छन् । विक्रम पाँडेकाजीले नेपालको प्रतिनिधित्व गर्ने छन। त्यस्तै डा मोनोवरा हाकिम अली र जैक्सन दुक्पालाई क्रमशः बंगलादेश र भुटानको प्रतिनिधित्व गर्ने गरि अन्य उपाध्यक्षमा मनोनयन गरिएको छ।
बंगलादेश भुटान भारत नेपाल (बीबीआईएन) चेम्बर अफ कमर्स गत वर्ष भारतको नयाँ दिल्लीमा साझेदार देशहरूबीचको सम्बन्ध विकास र व्यापारको विकास गर्नको लागि सुरू गरिएको हो।
विक्रम पाँडेकाजी एक सफल पर्यटन व्यवसायी हुनुको साथै ग्रीसको अबैतनिक महावाणिज्य दुत पनि हुन। बीबीआईएन च्याम्बर अफ कमर्सका अध्यक्ष आसिफ इकबालको अनुसार यस संगठनले सरोकारवालाहरुबीच कुराकानीलाई सहज बनाउने छ जसमा सरकारहरू, नागरिक समाज संगठनहरू र एकेडेमी समावेश हुने छ। क्षेत्रीय रणनीतिक व्यापार र वाणिज्य पहलका लागि दिगो नीतिहरुलाई बढावा दिन यो कार्य गर्ने छ, उनले भने।
आसिफ इकबाल भारतीय आर्थिक व्यापार संगठन (आईईटीओ) का अध्यक्ष पनि हुन। बीबीआईएन च्याम्बर अफ कमर्सको उद्देश्य पनि व्यापार अवसरहरुको लागी जागरूकता पैदा गर्न र राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग को लागी विचारहरु लाई बढावा दिने हो। बीबीआईएन च्याम्बर अफ कमर्सका उपाध्यक्षमा मनोनीत हुनु भएकोमा खुशी व्यक्त गर्दै पाँडेकाजी भन्छन् बीबीआईएनले अप्रत्याशित संकटको समयमा चारै राष्ट्रलाई एक आपसी समझदारी र सद्भावमा ल्याउन रचनात्मक भूमिका खेल्ने छ जस्ले सार्कको भावनाको पुरकको रुपमा काम गर्ने छ। भुटान, बंगलादेश, भारत र नेपाल (बीबीआईएन) दक्षिण एसियाली मुलुकहरूबीचको आर्थिक, व्यापारिक, सामाजिक र सांस्कृतिक सम्पर्क (कनेक्टिभिटी) बढाउने हिसाबमा गठन गरिएका एउटा महत्त्वपूर्ण उपक्षेत्रीय पहल हो।